स्थापनाको ४४ वर्षपछि अत्याधुनिक बैङ्किङ सेवा सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थापनाको ४४ वर्षपछि अत्याधुनिक बैङ्किङ सेवा सुरु


५ आश्विन २०७८, मंगलबार


डोल्पा । सदरमुकाम दुनैमा रहेको कृषि विकास बैङ्कको उपशाखाले स्थापना भएको ४४ वर्षपछि अत्याधुनिक बैङ्किङ सेवा सुरु गरेको छ ।

हिजो (सोमबार) देखि जिल्लामा शाखा रहेका अन्य सरकारी तथा निजी बैङ्कले दिइरहेको बैङ्किङ सेवा सरह कृषि विकास बैङ्कले पनि सेवा सुरु गरेको हो ।

निरन्तरको प्रयासले कृषि विकास बैङ्कले निक्षेप सङ्कलन, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, एसएमएस सेवा, एटिएम, डेभिड कार्ड, किसान कार्ड, डिम्याट, रेमिटलगायत सम्पूर्ण बैङ्किङ सेवा दिन सुरु गरेको शाखा प्रबन्धक जनकराज रेग्मीले जानकारी दिए ।

अब कृषि विकास बैङ्कले पनि जिल्लामा रहेका अन्य बैङ्क सरह सम्पूर्ण सेवा सुविधा दिने भएकाले एक पटक सेवा गर्ने मौका दिन सम्पूर्ण डोल्पाली नागरिकलाई प्रबन्धक रेग्मीले आग्रह गरे । त्यति मात्र नभई आजदेखि सम्पूर्ण बैङ्किङ सेवा घरमै बसीबसी अनलाइन माध्यमबाट पनि लिन सकिने बैङ्कले जनाएको छ ।

विसं २०३४ मा स्थापना भएको डोल्पा शाखामा अहिले २६० भन्दा धेरै ग्राहक जोडिएका छन् भने रु नौ करोड ५० लाख कर्जा लगानी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस