अमेरिकाले आगामी नोभेम्बरदेखि यात्रा प्रतिबन्ध हटाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकाले आगामी नोभेम्बरदेखि यात्रा प्रतिबन्ध हटाउने


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । अमेरिकाले कोरोना महामारीकाबीच लगाइएको यात्रा प्रतिबन्धलाई आगामी नोभेम्बरदेखि फुकुवा गर्ने योजना अघि सारेको छ ।

ह्वाइट हाउसका कोभिड– १९ संयोजक जेफ जियन्ट्सले नयाँ नियम घोषणा गर्दै कोरोना महामारी नियन्त्रणमा देश भन्दा व्यक्ति नै सतर्क रहनु पर्ने भन्दै यात्रा प्रतिबन्ध फुकुवा गर्न लागेको जानकारी दिएका छन् ।

अमेरिकाले बेलायत, युरोपियन युनिएन र अन्य केही राष्ट्रहरुमाथि गत वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । कोरोना विरुद्धको पूर्ण खोप लगाएको र कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका यात्रुहरुलाई अमेरिका प्रवेश गर्न दिइने भएको छ ।

अमेरिकाले सुरुमा चिनियाँ यात्रुमाथि लगाएको प्रतिबन्ध बिस्तारै बेलायत हुँदै अन्य राष्ट्रहरुमा पनि लागु गरेको थियो । १८ वर्ष मुनिका खोप नलगाएकाहरुको हकमा भने केही निर्णय गरिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस