नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (मंगलबार) बस्ने भएको छ ।

करिब एक महिना अगाडि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

भोलि (बुधबार)सम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने छ । बैठकमा पार्टीका विभिन्न विभाग, जन वर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रवर्द्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

सोही बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्ने जनाइएको छ । बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ ।

पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ । पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस