पहिरो निरीक्षण गर्न गएका मेयरलाई मुक्का हान्ने युवक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पहिरो निरीक्षण गर्न गएका मेयरलाई मुक्का हान्ने युवक पक्राउ


४ आश्विन २०७८, सोमबार


बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए ।

उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । पंगेनी पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा हुन् ।

सम्बन्धित समाचार : बुटवलका मेयरलाई मुक्का !

Tags :
प्रतिक्रिया दिनुहोस