विद्युत प्राधिकरण सुदूरपश्चिम कार्यालयमा तालाबन्दी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्युत प्राधिकरण सुदूरपश्चिम कार्यालयमा तालाबन्दी


४ आश्विन २०७८, सोमबार


धनगढी । सेवा करारमा जथाभावी कर्मचारी भर्ना गरिएको भन्दै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । सेवा करारमा कार्यरत कर्मचारी र युवा संघ कैलालीले संयुक्त रुपमा सोमबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रादेशिक कार्यालयसहित प्राधिकरण मातहतका निकायमा सेवा करारमा कार्यरत यसअघिका कर्मचारीलाई जानकारी समेत नदिएर आर्थिक असुली गर्दै मनलाग्दी किसिमले भर्ना गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
अनियमित तरिकाले फारमको शुल्क लिने काम समेत भएको भन्दै समानता कायम गर्न माग गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले भने सेवा करारका कर्मचारी सम्झौता बमोजिम ठेक्का लिएका सम्बन्धित निर्माण व्यवसायीले भर्ना गर्ने भएकाले कार्यालयसँग खासै सरोकार नहुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस