कर्मचारीतन्त्रको सहयोगविना अनियमितता हुन नसक्ने मुख्यमन्त्री राउतको दाबी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीतन्त्रको सहयोगविना अनियमितता हुन नसक्ने मुख्यमन्त्री राउतको दाबी


४ आश्विन २०७८, सोमबार


जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीतन्त्रको सहयोगविना अनियमितता हुन नसक्ने बताएका छन् । देशमा सुशासन कायम गर्न कर्मचारी इमान्दार बन्नुपर्ने राउतको भनाइ छ ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत सोमबार महोत्तरीको बर्दिवासमा आयोजित ‘स्थानीय तहको संस्थागत स्वमूल्यांकन सम्बन्धी समीक्षा एवं अनुशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै राउतले सुशासन कायम गराउने दायित्व कर्मचारीकै काँधमा रहेको बताए ।

जनप्रतिनिधि निश्चित अवधि मात्र रहने तर कर्मचारी लामो समयसम्म रहने भएकाले कर्मचारीले नचाहेसम्म अनियमितता हुनै नसक्ने राउतको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस