एमालेको विरोधकै बिच प्रतिनिधि सभाबाट पारित गरियो बजेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेको विरोधकै बिच प्रतिनिधि सभाबाट पारित गरियो बजेट


४ आश्विन २०७८, सोमबार


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच प्रतिनिधि सभाबाट चालु आर्थिक वर्षको बजेट पारित गरिएको छ ।

आज (सोमबार) बसेको बैठकबाट प्रतिनिधिसभामा सरकारले पेस गरेको बजेट अध्यादेश प्रतिस्थापन विधेयक अन्तर्गत विनियोजन विधेयक पारित गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको घोषणा सभामुख अग्नि सापकोटाले गरेका हुन् ।

विपक्षी एमालेका सांसदहरुले लगातार नाराबाजी गर्दा सत्ता पक्षका सांसदहरुले विधेयकमाथिको छलफलमा भाग नै लिएनन् भने खर्च कटौती प्रस्ताव दर्ता गरेका सांसद प्रेम सुवालले मात्र छलफलमा भाग लिएका थिए ।

सभामुखले प्रस्ताव निर्णयार्थ पेस गर्दा विधेयकका पक्षमा सत्ता पक्षका सांसद तथा विपक्षमा प्रेम सुवाल मात्र देखिए ।

आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटाको संलग्नता रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लगातार वेल घेरेर नाराबाजी गरिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको नाराबाजीबिच आर्थिक विधेयक स्वीकृत भए पनि सङ्घीय संसद् कार्य सञ्चालन नियमावली अनुसार ७२ घण्टापछि मात्र विधेयक परिपक्व हुने भएकाले आर्थिक विधेयकमाथिको दफावार छलफल भने आगामी बिहीबारबाट मात्र सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस