जिप दुर्घटनामा नौ जना घाइते « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जिप दुर्घटनामा नौ जना घाइते


४ आश्विन २०७८, सोमबार


बैतडी । जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे १ च १११६ नं को बोलेरो जिप आज (सोमबार) दुर्घटना भएको हो ।

घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा छन् ।

चालक चन्दको अवस्था गम्भीर रहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट सत बाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस