धनुषामा पोखरीमा डुबेको अवस्थामा आमा छोराको शव फेला « प्रशासन
Logo १० कार्तिक २०७८, बुधबार
   

धनुषामा पोखरीमा डुबेको अवस्थामा आमा छोराको शव फेला


४ आश्विन २०७८, सोमबार


काठमाडौँ । धनुषामा पोखरीमा डुबेको अवस्थामा आमा छोराको शव फेला परेको छ।

धनुषाधाम नगरपालिका-२ स्थित २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको शव आज (सोमबार) फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले पोखरीमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय धनुषाधामलाई खबर गरेको थियो।

पारिवारिक विवादका कारण अर्चनाले छोरालाई लिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन्। पारिवारिक विवादबारे अहिलेसम्म केही बुझ्न नसकिएको घटनास्थलमा खटिएका प्रहरीको भनाइ छ।

शव पोखरीबाट निकालिएको र घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस