रेडपाण्डाका छालासहित एक जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रेडपाण्डाका छालासहित एक जना पक्राउ


४ आश्विन २०७८, सोमबार


जाजरकोट । प्रतिबन्धित हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले हिजो (आइतबार) बिहान पक्राउ गरेको छ ।

रेडपाण्डाको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलमा ल्याएको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

परियारले रेडपाण्डाको ४२ इन्च लम्बाइ भएको ठुलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान फेला परेको नायब उपरीक्षक थापाले बताए।

पक्राउ परेका परियारबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस