आजको मौसम : देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आजको मौसम : देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने


४ आश्विन २०७८, सोमबार


काठमाडौँ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि सामान्य बदली रही मेघ गर्जन हुने महाशाखाले जनाएको छ ।

काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३ मिनेटमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस