सिन्धुपाल्चोकको काँग्रेस वडा अधिवेशन मंगलबार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिन्धुपाल्चोकको काँग्रेस वडा अधिवेशन मंगलबार


४ आश्विन २०७८, सोमबार


सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ ।

हिजो (आइतबार) बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो ।

जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।

सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाइएको छ । गत बुधबार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो ।

काँग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन । सो पार्टीले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस