नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै


४ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दै छ।

विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि छलफल गर्न हिजो (आइतबार) देखि जारी बैठक आज पनि बस्न लागेको हो।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा हिजो (आइतबार) भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेस भई छलफल सुरु भएको र आज दिउँसो १ बजेको बैठकमा छलफल जारी रहने एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए।

हिजो (आइतबार)को छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा. पुष्प कँडेलले भाग लिएका थिए।

यही असोज १५ देखि १७ गते हुन ललितपुरको गोदावरीमा विधान महाधिवेशन तय गरेको छ। एमालेको केन्द्रीय कमिटीको गत साउन २५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस