विभुषणहरुले लज्जा मानेको हेर्नुस् त: अध्यक्ष ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विभुषणहरुले लज्जा मानेको हेर्नुस् त: अध्यक्ष ओली


३ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए ।

तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’

बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको उनले बताए । ओलीले अघि भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त ।’

उनले अघि भने, ‘जलाइराखेका छन् आज मानपदवीहरु । क्या घाँटीमा पुगिने भयो बा ! बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’

आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको उनले बताए । ‘झगडियाहरु सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरु सम्मानित, २र४ जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला ?’ ओलीले अघि भने, ‘मुद्दा जिताइदिने, हराइदिने सम्मानित ।’

यो सबैका लागि लज्जाजनक भएको र यसको इतिहासले निर्मम मूल्यांकन गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस