पदक पाएका न्यायाधीशहरुलाई नेम्वाङको आग्रह : विभूषण अस्वीकार गरिदिनुस् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पदक पाएका न्यायाधीशहरुलाई नेम्वाङको आग्रह : विभूषण अस्वीकार गरिदिनुस्


३ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सातौँ संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिएको विभूषण र पदकमाथि टिप्पणी गरेका छन् ।

आइतबार च्यासलमा आयोजित एक कार्यक्रममा उनले संसद् विघटनविरुद्धको रिटको संवैधानिक इजलासमा बसेका न्यायाधीशहरूलाई पदक अस्वीकार गर्न आग्रह गरे । उनले पदकका विषयमा आफूलाई आश्चर्य लागेको पनि सुनाए ।

‘दुःख गरेर संविधान बनायौँ । संविधान कार्यान्वयनको चरणमा छौँ । कुनै भेदभावबिना अघि बढ्छ भनेर विश्वस्त तुल्याउने र थप विश्वस्त हुने दिन पुरस्कारको घोषणा सुनेँ । मलाई आश्चर्य लागेको छ,’ उनले भने ।

जन निर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापितको घोषणा गर्ने अदालतका न्यायाधीश र मुद्दा दर्ता गर्ने पक्षले मेडल पाएको बेठिक भएको उनको भनाइ छ ।

‘यहाँहरूले तुरुन्तै दिएको मेडललाई अस्वीकार गर्छौँ भनेर अस्वीकार गरेको घोषणा गरिदिनुस्,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस