२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानभन्दा माथि कोही पनि हुन नसक्ने’

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुन नसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौँ भन्ने कुरा बुझेर आत्मसात् गर्नुपर्ने बताएका छन् ।

प्रदेश प्रमुख शेरचनले संविधान दिवस २०७८ का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक तथा मानवअधिकार, प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यता तथा समाजवादोन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य लिएकाले यसको सबैले आत्मसात् गर्नुपर्ने बताएका छन्।

उनले शुभकामना सन्देशमा आजको ऐतिहासिक दिनले प्रदेशवासी सम्पूर्ण नागरिकलगायत नेपालीबीच आपसी सद्भाव र ऐक्यबद्धता अभिवृद्धि गर्न सबैलाई थप प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन्।

यस्तै संविधान दिवस २०७८ कै अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले आज जारी गरेको शुभकामना सन्देशमा हाम्रो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत बलिदानी पूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गरेको बताएका छन्।

उनले यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी जनसमुदायमा अधिकारलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्नुपर्ने बताएका छन्। मुख्यमन्त्री केसीले संविधानमार्फत हामीले सङ्कल्प गरेको समृद्ध प्रदेश राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्णपालन, संरक्षण र संवर्द्धन अनिवार्य सर्त रहेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले संविधान गतिशील दस्ताबेज भएकाले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने उल्लेख गरेका छन् । यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको राज्य संरचनाबाट जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने गरी गरेको व्यवस्थाअनुसार प्रदेश सरकारलाई सङ्घ र स्थानीय तहलाई संयोजनका लागि महत्पूर्ण भूमिका निर्वाह गर्दै यस प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी’ बनाउने आकाङ्क्षाको यात्रामा प्रदेश सरकारको उहाँले पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन् ।