संविधान कार्यान्वयनका लागि सङ्घीय संसद् सक्रिय : उपाध्यक्ष दाहाल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

संविधान कार्यान्वयनका लागि सङ्घीय संसद् सक्रिय : उपाध्यक्ष दाहाल


३ आश्विन २०७८, आइतबार


काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले संविधान कार्यान्वयनको महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय नै रहने बताएकी छन् ।

संविधान दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिएको विशिष्ट दिनको रुपमा स्मरण गरेकी छन् ।

उपाध्यक्ष दाहालले भनेकी छन्, ‘नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी गरिएको यस दिनले सबैले संविधान कार्यान्वयन र यसको पूर्ण पालनाका लागि प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएकी छु ।’ ऐतिहासिक जनसङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समावेशी, समानुपातिक प्रणालीजस्ता महत्त्वपूर्ण उपलब्धिलाई संविधानमा लिपिबद्ध गरिएको उपाध्यक्ष दाहालले स्मरण गरेकी छन् ।

नागरिकको मौलिक हक, अधिकार र स्वतन्त्रताको पनि संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै उपाध्यक्षले संविधान जारी भएपछि सङ्घीय संसद्ले मौलिक हकलगायत अन्य थुप्रै ऐन कानुन निर्माण गरी संविधान कार्यान्वयनमा विशेष जिम्मेवारी पूरा गर्दै आएको बताएकी छन् ।

संविधानको कार्यान्वयनमा भएका पहल कदमीहरुको समीक्षा गर्दै इमानदारितापूर्वक यसको पालना गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने उनको सन्देशमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस