कम्युनिस्टहरुले देशलाई स्थायित्व र समृद्धि दिँदैनन् : नेता सिंह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कम्युनिस्टहरुले देशलाई स्थायित्व र समृद्धि दिँदैनन् : नेता सिंह


३ आश्विन २०७८, आइतबार


काठमाडौँ। नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कम्युनिस्ट पार्टीहरुले देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नसक्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै नेता सिंहले संविधानको निर्माणकर्ता र कार्यान्वयनकर्ता नेपाली काँग्रेस पार्टी नै भएको बताए।

तत्कालीन संविधान सभाबाट नेपाली जनतालाई संविधान दिन कम्युनिस्ट प्रधानमन्त्रीहरू असफल भएको भन्दै उनले संविधानको सफल कार्यान्वयनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेपालका कम्युनिस्टहरुले नसक्ने बताए ।

‘संविधानको निर्माण तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्वमा भएको हो, यसको कार्यान्वयन पनि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरु गर्नुभएको हो,’ सिंहले लेखेका छन् ‘त्यसैले पनि संविधानको सबैभन्दा धेरै अपनत्व र सफल कार्यान्वयनका लागि नेपाली काँग्रेस गम्भीर छ ।’

संविधानले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता परिवर्तनका मुद्दाहरू अगिंकार गरेको सिंहको तर्क छ । लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन गर्नुको अर्को विकल्प नभएको उनले उल्लेख गरेका छन् ।

१४ औँ महाधिवेशनबाट देशलाई समृद्ध बनाउन काँग्रेस अझ सक्षम र सुदृढ बन्नुपर्ने उनको जोड छ । दृढ इच्छा शक्ति र दृष्टिकोसहितको नेतृत्व अहिले काँग्रेसमा आवश्यक भएको उनको भनाइ छ । महाधिवेशनबाट सक्षम नेतृत्व छान्न उनले अपिल गरेका छन् ।

त्यस्तै उनले इन्द्र जात्राको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस