संविधानमा आएका कठिनाइ तथा चुनौतीलाई सामना गर्न साझा प्रयत्नहरु आवश्यक : डा. शेखर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधानमा आएका कठिनाइ तथा चुनौतीलाई सामना गर्न साझा प्रयत्नहरु आवश्यक : डा. शेखर


३ आश्विन २०७८, आइतबार


काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा एक शुभकामना सन्देश दिँदै कोइरालाले संविधानमा आएका र आउन सक्ने कठिनाइ तथा चुनौतीलाई सामना गर्न साझा प्रयत्नहरु आवश्यक रहेको बताए ।

संविधानले जनताको बृहत्तर हितलाई केन्द्रमा राखेर समयानुकूल परिष्कृत र विकसित गर्न सकिने आधार स्वयं संविधानले नै प्रदान गरेको कोइरालाले उल्लेख गरेका छन् ।

‘विद्यमान संविधान मार्फत मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सुनिश्चित र संस्थागत भएको छ’, कोइरालाले भने ‘यस अतिरिक्त संविधानले जनताका नैसर्गिक अधिकारहरुलाई प्रत्याभूत गर्दै सबै वर्ग, क्षेत्र र समुदायको विविधता र विशेषताका समग्र आयामहरुको सुरक्षा प्रदान गर्दै जनतालाई नै शासन सत्ताको केन्द्रमा राखेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस