राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा, ८ जनाले पाए सजाय माफी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा, ८ जनाले पाए सजाय माफी


२ आश्विन २०७८, शनिबार


काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जना कैदी बन्दीलाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषदको सिफारिसमा पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी दिइएको हो ।

त्यस्तै हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको हो । असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस