बाह्रौ राष्ट्रिय जनगणना सम्वन्धी प्रश्नोत्तर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बाह्रौ राष्ट्रिय जनगणना सम्वन्धी प्रश्नोत्तर


२ आश्विन २०७८, शनिबार


१. २०७८ कार्तिक २५ देखि मंसिर ९ सम्म हुन गइरहेको १२औँ जनगणनाको मूल नारा के रहेको छ ?

२. यसअघिका जनगणनामा मातृभाषा र दोश्रो भाषा सोध्ने गरिएकोमा यसपटकको जनगणनामा कुन चाँही भाषा सम्वन्धी विवरण थप गरिने भएको छ ?

३. यसपटकको जनगणनादेखि थप गरिएको सामुदायिक प्रश्नावली कसलाई सोधिनेगरी तयार पारिएको छ ?

४. जनगणनाको प्रयोजनका लागि स्थानीय तह भन्नाले कुन कुन राजनैतिक इकाइलाई जनाउँदछ ?

५.  यसपटकको जनगणनामा कति किसिमका अपाङ्गतासम्वन्धमा विवरण संकलन हुँदैछ  ?

६. कहाँ रहेका नेपाली नागरिकको गणना विद्युतीय जनगणना (E-census) बाट गरिने भएको छ ?

७. २०७८ जेठ २५ देखि असार ८ सम्म गरिने भनिएको १२ औँ जनगणना केका कारण स्थगित भएको थियो ?

८. करिब कति घरपरिवारमा पुगेर यसपटकको जनगणना हुने भएको छ?

९. संघीयतापछिको पहिलो जनगणना भएको सन्दर्भमा कुन तहको प्रोफाइल बनाउनका लागि समेत विवरण संकलन यसपटकको गणनामा समेटिएको छ ?

१०. जम्मा कति प्रकारका प्रश्नहरु प्रश्नावलीमा समेटिएका छन् ?

११. सामुदायिक प्रश्नावलीले के कस्ता विवरण संकलन गर्ने औजारको काम गर्दछ ?

१२.  राष्ट्रिय जनगणना निर्देशक समितिका संयोजक को रहने प्रावधान छ ?

सही उत्तर :

१. मेरो गणना, मेरो सहभागिता  

२. पुर्खाको भाषा       

३. बडाध्यक्ष र वडासचिव       

४. गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका     

५. १२       

६. विदेशस्थित नेपाली दूतावास तथा कुटनैतिक नियोगहरु     

७. कोभिड १९ को महामारी                

८. ७० लाख      

९.  वडा प्रोफाइल    

१०. ८० वटा   

११. स्थानीय तहको आर्थिक, सामाजिक, धार्मिक, पूर्वाधार जोखिमको विवरण    

१२. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

Tags :
प्रतिक्रिया दिनुहोस