शनिबार एकैदिन मलेसियाबाट ६ श्रमिकको शव र १५ जनाको अस्तु नेपाल ल्याइयो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

शनिबार एकैदिन मलेसियाबाट ६ श्रमिकको शव र १५ जनाको अस्तु नेपाल ल्याइयो


२ आश्विन २०७८, शनिबार


काठमाडौँ । मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको शव सँगै अन्य १५ श्रमिकको अस्तु नेपाल ल्याइएको छ ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।

जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको समेत छन् ।

परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको उनले बताए । कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस