२४ घण्टामा थप १०६६ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा थप १०६६ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु


२ आश्विन २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,२३४ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी शनिबार कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८२ जना छन् । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस