जोरपाटीबाट करिब ५ लाख नगदसहित २० जुवाडे पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जोरपाटीबाट करिब ५ लाख नगदसहित २० जुवाडे पक्राउ


२ आश्विन २०७८, शनिबार


काठमाडौँ । प्रहरीले जोरपाटीबाट २० जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित चामुण्डा गेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा केही महिला पनि रहेका छन् ।

जुवा खेलेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपसहित २० जनालाई हिजो(शुक्रबार) राति ११ बजे नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरू तेन्जिङ छोप्याककै घरमा जुवा खेलेका थिए । उनीहरूको साथबाट चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान बरामद गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस