सभापतिको उम्मेदवारबाट पछि हट्दिन : प्रकाशमान सिंह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सभापतिको उम्मेदवारबाट पछि हट्दिन : प्रकाशमान सिंह


२ आश्विन २०७८, शनिबार


काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूले पार्टीको १४ औँ महाधिवेशनमा नेतृत्वको दाबी गर्ने अडान दोहोर्‍याएका छन्।

आज गणेशमान सिंहको स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् ।

कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुनमा ढिलाइ भएको भन्दै छिटै सरकारले पूर्णता पाउने समेत बताएका छन् ।

कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको आरोप समेत उनले लगाए । कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफल स्वरुप काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसरका पाएको उनको भनाइ थियो । साथै उनले काँग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै नेता सिंहले पार्टीको १४ औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढी रहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समाधान गर्नु पर्ने बताए।

कार्यक्रममा उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्याएको योगदानको स्मरण गरेका थिए । साथै काँग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमूल्य योगदान रहेको नेता सिंहको भनाइ थियो । गणेशमान सिंह फाउन्डेसनले कार्यक्रमको आयोजना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस