ठगी मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ठगी मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ


२ आश्विन २०७८, शनिबार


काभ्रे । ठगी मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पक्राउ पर्नेमा चौरीदेउराली गाउँपालिका–६ का ६८ वर्षीय विदुरराज गिरी रहेका छन्।

जिल्ला अदालत काभ्रेपलान्चोकले गुठी ठगी मुद्दामा २०६३ भदौ २५ गते गिरीविरुद्ध तीन वर्ष चार महिना १२ दिन कैद र आठ लाख पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार काठमाडौँको बालाजुबाट पक्राउ गरेको हो।

डिएसपी खतिवडाले गिरीलाई तत्काल जिल्ला अदालतमा पेस गरिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस