गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकियो


२ आश्विन २०७८, शनिबार


काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको प्याराफिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारफिटका २ सय ८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ । प्यारफिट तयार भएर भीआइपी टावर बनाउन थालिएको छ । टावर वान को पिलर उठाइसकेर बिम ढलान हुँदै छ । ८ वटा पिच बन्न बाँकी छ ।

तर दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस-सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माणको काम रोकेको छ। ‘एक वर्षमा ३५ प्रतिशत काम सकियो, पहिलो चरणको पयारफिट निर्माण भयो, अब पिच बन्नेबितिकै जुनसुकै खेल खेलाउन मिल्ने अवस्था छ’, फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘हामीले अहिलेसम्म उधारोमा काम गर्योँ । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो । एकै पटक धेरै ठुलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामर्थ्यले धान्दैन भनेर रोकेका हौँ ।’

२०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला परियोजना घोषणा भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस महामन्त्री शशाङ्क कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि त बढ्यो । तर खर्च अभावमा बीचैमा अलपत्र भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस