२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकियो

अ+ अ-

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको प्याराफिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारफिटका २ सय ८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ । प्यारफिट तयार भएर भीआइपी टावर बनाउन थालिएको छ । टावर वान को पिलर उठाइसकेर बिम ढलान हुँदै छ । ८ वटा पिच बन्न बाँकी छ ।

तर दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस-सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माणको काम रोकेको छ। ‘एक वर्षमा ३५ प्रतिशत काम सकियो, पहिलो चरणको पयारफिट निर्माण भयो, अब पिच बन्नेबितिकै जुनसुकै खेल खेलाउन मिल्ने अवस्था छ’, फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘हामीले अहिलेसम्म उधारोमा काम गर्योँ । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो । एकै पटक धेरै ठुलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामर्थ्यले धान्दैन भनेर रोकेका हौँ ।’

२०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला परियोजना घोषणा भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस महामन्त्री शशाङ्क कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि त बढ्यो । तर खर्च अभावमा बीचैमा अलपत्र भएको छ ।