२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजश्व अनुसन्धानलाई प्रविधिमैत्री बनाउन मुख्यसचिव बैरागीको निर्देशन

अ+ अ-

काठमाडौँ । मुख्यसचिव शङ्करदास बैरागीले राजश्व अनुसन्धान विभागले गर्ने अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन् ।

विभागको समीक्षा गोष्ठीलाई शुक्रवार(आज) सम्बोधन गर्दै उनले कानून, नियम, कार्यविधिमा सुधार, समन्वय, क्षमता विकास, अनुगमन, प्रतिवेदन र आमसञ्चारसँग अन्तरक्रिया गर्ने विषयमा ध्यान दिन निर्देशन दिए ।

गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा सुरक्षा निकाय तथा निजी क्षेत्र समेतको उपस्थिति थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवदीले राजस्व चुहावट नियन्त्रण र विदेशी विनिमय अपचलन नियन्त्रणका लागि अन्तर निकायगत आवद्धता र समन्वय राखेर काम गनुपर्नेमा जोड दिए ।

विभागका महानिर्देशक रामप्रसाद आचार्यले ‘भिसिटिएस’ कार्यान्वयनमा सहयोग गरेकोमा निजीक्षेत्रप्रति सम्मान व्यक्त गरे । उनले राजस्व चुहावट तथा विदेशी विनीमय अपचलनजस्ता कानून विपरितका कार्यलाई हतोत्साही गर्न सम्वन्धित निकायहरूबीच समन्वय राखेर कार्य गर्ने र अनुसन्धानलाई प्रभावकारी बनाउँदै लैजाने बताए ।

अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले अपराधिक कार्य कुन हो भन्ने छुट्याएर सोमा अनुसन्धान केन्द्रित गर्नुपर्ने र अदालतबाट भएको फैसला अध्ययन गरेर सोही बमोजिम अनुसन्धानको रणनीति अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग वाणिज्य महासङ्घका कर समिति सह–सभापति सन्दीपकुमार अग्रवालको सहभागिता थियो । उनीहरूले व्यापारीको प्रतिष्ठामा आँच नआउने गरी अनुसन्धान गर्न र अनौपचारिक अर्थतन्त्रको न्यूनीकरणमा केन्द्रित हुन सुझाव दिए ।

कार्यक्रममा विभागअन्तर्गत ४ वटा कार्यालयका तर्फबाट छुट्टाछुट्टै तथा विभागबाट राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणका सम्बन्धमा प्रस्तुती र छलफल भएको थियो ।