पुनः परीक्षामा सहभागी हुन पीसीआर रिपोर्ट चाहिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पुनः परीक्षामा सहभागी हुन पीसीआर रिपोर्ट चाहिने


१ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण कक्षा १२ को परीक्षा दिनबाट कोही पनि वञ्चित हुन नपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सङ्क्रमित भएर परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीका लागि पुनः परीक्षा दिने पाउने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

सङ्क्रमणका कारण अहिले सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरूका लागि पुनः सूचना जारी गरेर परीक्षा दिने व्यवस्था मिलाइने बोर्डका अध्यक्ष प्रो.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार नेपाल सरकारले मान्यता दिएका प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्टलाई मान्यता दिइने छ । मौका परीक्षामा सहभागी हुने विद्यार्थीले कोरोना सङ्क्रमण पोजेटिभ भएको पीसीआर रिपोर्ट देखाउनु पर्ने छ ।

‘हामीले तोकेको समय भित्र परीक्षाका लागि आवेदन गर्नु पर्छ’, पौडेलले भने, ‘आवेदन दिएका विद्यार्थीहरूलाई बोर्डले परीक्षा दिने व्यवस्था मिलाउँछ ।’ उनका अनुसार पछि परीक्षा दिएका विद्यार्थीहरूको नतिजा पनि सँगै प्रकाशन हुनेछ ।

परीक्षाका लागि आवेदन दिने क्रममा कोरोना पोजेटिभ भएका विद्यार्थीले परीक्षण गरेको रिपोर्ट बुझाउनु पर्ने भएकाले परीक्षण रिपोर्ट सुरक्षित राख्नु पर्ने छ । शैक्षिक सत्र खेरा नजाने गरी परीक्षाको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस