२४ घण्टामा थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु


१ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर परिक्षण गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन परिक्षण गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।

बितेको २४ घण्टामा थप १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ४६ हजार ५६६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

हालसम्म देशभर ४० लाख ७७ हजार २५६ नमुनाको पीसीआर परीक्षण भएको छ ।

हाल देशभरका क्वारेन्टाइनमा २३६ जना र २५ हजार ४९७ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस