चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो


१ आश्विन २०७८, शुक्रबार


काठमडौं । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको कोरोना भाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।

चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा। सागर दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस