आज सुनको मूल्य १४ सयले घट्यो « प्रशासन
Logo ९ कार्तिक २०७८, मंगलबार
   

आज सुनको मूल्य १४ सयले घट्यो


१ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ ।

बिहीबार ९० हजार पाँच सय रुपैयाँ तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ छ ।

आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस