एमालेको शक्ति कम नभएको ओलीकाे दाबी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको शक्ति कम नभएको ओलीकाे दाबी


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले एमालेको भूमिकामात्रै परिवर्तन भएको तर शक्ति कम नभएको दाबी गरेका छन् । उनले एमालेको संगठनमा पनि केही फेरबदल नआएको बताए ।

नेकपा एमाले काठमाडौँले गरेको कार्यक्रममा बिहीबार ओलीले भने, ‘नेकपा एमालेलाई सिध्याउन खोजिएको थियो, तर सचेत कार्यकर्ता पंक्ति जुरुक्कै उठ्यो । र, पार्टी भत्काउन दिँदैनौँ । मास्न दिँदैनौँ भनेर रक्षामा उभियो । र, आज पार्टी ज्युँकात्युँ जस्ताको त्यस्तै खडा हुन सफल भयो । नेकपा एमालेको भूमिका परिवर्तन भयो तर शक्ति परिवर्तन भएको छैन । हाम्रो उद्देश्य परिवर्तन भएको छैन । नीतिहरु परिवर्तन भएको छैन । हाम्रो संगठनमा पनि केही परिवर्तन भएको छैन । दुई चार (नराम्रो नभन्नु है भन्छन् सबैले फेरि) सडेका तत्वहरु, बिग्रेका तत्वहरु पार्टीबाट गएभन्दा गाली गरेको जस्तो हुन्छ । बिग्रन बिग्रन खोजेका भनौँ कि क्या हो ? भयो त्यति । पार्टी जहाँको त्यही छ ।’

अध्यक्ष ओलीले पुष्पकमल दाहाललाई एकीकृत पार्टी, ठूलो पार्टी नपचेको टिप्पणी गरे । उनले नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले एकीकृत पार्टी नै रुचाएकाले अब दाहाल गुटमात्रै अलग भएको बताए ।

ओलीले अगाडि भने, ‘नेकपा माओवादी केन्द्रका त्यो पृष्ठभूमिका साथीहरुको ठूलै हिस्सा एकता तोड्न मानेन, र पार्टीमै रह्यो । पार्टी एकीकरणकै पक्षमा रह्यो । एकीकृत पार्टीकै रुपमा रामबहादुर थापाजी यही हुनुहुन्छ, टोपबहादुर रायमाझीजी, लेखराज भट्टजी लगायतका साथीहरु, यही रहनुभयो । र माओवादी केन्द्र । नाम त छ । तर अब त्यो माओवादी केन्द्र होइन, त्यो प्रचण्ड गुटमात्रै हो । राजनीतिक रुपले त्यो पार्टी यो पार्टीमा मिलिसक्यो । अब माओवादी केन्द्र त्यसले नाम पाउनु बेग्लै कुरा हो, तर प्रचण्ड गुट अलग भएको हो । नेकपा एमाले जस्ताको त्यस्तै छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस