सञ्चयकोषलाई अर्थमन्त्री शर्माको निर्देशन : ‘उत्पादकमुलक क्षेत्रमा लगानी गर्नुहोस्’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सञ्चयकोषलाई अर्थमन्त्री शर्माको निर्देशन : ‘उत्पादकमुलक क्षेत्रमा लगानी गर्नुहोस्’


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषलाई उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न निर्देशन दिएका छन् ।

कोषको ६० औँ वार्षिकोत्सव समारोहको ‘भर्चुअल’ उद्घाटन गर्दै मन्त्री शर्माले सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउँदै राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउने बताए ।

कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्य प्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूको लागि सहज वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

सञ्चय कोषको आर्थिक वर्ष २०७७ र ०७८ सम्म कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ ।

Tags :
प्रतिक्रिया दिनुहोस