Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तनहुँमा असोज १२ गतेसम्म बढाइयो निषेधाज्ञा


३१ भाद्र २०७८, बिहिबार


दमौली । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

दमौली । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

कोभिड–१९ को जोखिम अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । निषेधाज्ञा कडाइका साथ पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ । भौतिकरूपमा उपस्थित भई गरिने सभा, सम्मेलन, प्रदर्शन, मेला, जात्रा र महोत्सवमा रोक लगाइएको छ । ‘साधारणसभा, सम्मेलन र अधिवेशन सरकारले कायम गरेको स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने छ’, स्थानीय प्रशासनको आदेशमा उल्लेख छ ।

विद्यालय र क्याम्पसमा पठनपाठनका लागि विद्यालय सिकाइ सहजीकरण निर्देशिका र कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण कार्यविधि, २०७८ अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयअनुसार गराउन सकिने आदेशमा भनिएको छ । पार्टी प्यालेस सञ्चालन गर्न स्वास्थ्य मापदण्डको पालना गरी कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी साँझ ६ बजेसम्म अनुमति दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस