दुर्घटनामा वडा सदस्य प्रधानको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुर्घटनामा वडा सदस्य प्रधानको मृत्यु


३१ भाद्र २०७८, बिहिबार


टिस्टुङ । गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ ।

पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए ।

ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस