साताको अन्तिम दिन शेयर बजार राताम्मे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साताको अन्तिम दिन शेयर बजार राताम्मे


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । साताको अन्तिम दिन आज (बिहीबार) शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको शेयर बजार १२ बजेसम्म करिब ६९ अङ्कले घटेको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फन्ड र एउटा डिबेञ्चर भने बढेको छ । त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ ।

बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था देखिएको छ ।

कारोबार खुला भएको एक घण्टामा यो कम्पनीको शेयर ५२ रुपैयाँले बढेर ८७० रुपैयाँ पुगेको छ । २१६ कम्पनीको कारोबार हुँदा २१२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस