सङ्खुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सङ्खुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ


३१ भाद्र २०७८, बिहिबार


सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आशङ्कामा आज (बिहीबार) प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएको हो ।

हत्या गरिएका तेजबहादुर कार्कीकी बुहारी रञ्जनाको हराइरहेको मोबाइल नरेशको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

तेजबहादुरसहित परिवारका अन्य ६ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको बताइएको छ । नियन्त्रणमा लिइएका नरेशसँग प्रहरीले सोधपुछ जारी राखेको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस