डा.गोविन्द केसी युएनको मुख्यालय नजिक हुने प्रदर्शनमा सहभागी हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा.गोविन्द केसी युएनको मुख्यालय नजिक हुने प्रदर्शनमा सहभागी हुने


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र सङ्घ (युएन) को मुख्यालय नजिक हुने शान्तिपूर्ण प्रदर्शनमा प्राध्यापक डा. गोविन्द केसी पनि सहभागी हुने भएका छन् ।

विश्व शान्ति दिवसका अवसरमा हुने प्रदर्शनका लागि डा. केसी आज (बिहीबार) नै अमेरिका प्रस्थान गर्न लागेको सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सले जनाएको छ ।

विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यले केसीको अगुवामामा सेप्टेम्बर २० र २१ तारिक दिनको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र सङ्घको मुख्यालय नजिक शान्तिपूर्ण प्रदर्शनको कार्यक्रम यसअघि नै तय भएको छ ।

प्रदर्शनीमा विश्व समुदायमा शान्ति स्थापना गर्न, संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायत सबैका लागि स्वास्थ्य र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने ध्येय रहेको छ ।

शान्ति दिवसका अवसरमा हुने उक्त दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामूहिक सत्याग्रह’का रुपमा लिइएको अलायन्सले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस