चीनमा ६ म्याग्निच्युडको भूकम्प : दुई जनाको मृत्यु, ६० बढी घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनमा ६ म्याग्निच्युडको भूकम्प : दुई जनाको मृत्यु, ६० बढी घाइते


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । चीनको सिचुआन प्रान्तमा आज (बिहीबार) बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

बिहान ४ बजेर ३३ मिनेट जाँदा गएको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन् ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पले केही घरहरुमा क्षति पुर्‍याएको छ । सिचुआन प्रान्तको राजधानी छङ्ग्दूदेखि २ सय किलोमिटर दक्षिण पूर्वमा भूकम्पको केन्द्र रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस