एमाले सिध्याउँछौं भन्नेले चुनाव घोषणा गरे हुन्छ : पोखरेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले सिध्याउँछौं भन्नेले चुनाव घोषणा गरे हुन्छ : पोखरेल


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले चुनावको सामना गर्न तयार रहेको बताएका छन्।

सत्तारुढ दलहरुले गठबन्धन बनाएर एमाले सिध्याउँछौँ भनेको प्रति टिप्पणी गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले चुनाव घोषणा गर्न चुनौती दिँदै भनेका छन्, ‘गठबन्धन बनाएर एमाले सिध्याउँछौं भन्नेहरूले चुनाव घोषणा गरे हुन्छ, एमाले त्यसलाई सामना गर्न तयार छ।’

गठबन्धन सरकारले दुई महिनामै संसद् र सरकारको हुर्मत लिइसकेको पोखरेलको आरोप छ। उनले संसद् विघटन संसदीय लोकतन्त्रको अन्त्यका लागि नभएको समेत उल्लेख गरेका छन्। ‘संसद् विघटन गर्नेहरु संसदमा जानु हुँदैन भन्नेहरु पनि छन्’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद्को विघटन चुनावका लागि थियो, संसदीय लोकतन्त्रको अन्त्यका लागि होइन।’

अहिले आफ्नो पार्टीका १४ सांसदको कारबाही रोकेको भन्दै एमालेले सभामुखप्रति आक्रोश पोख्दै संसद् अवरोध जारी राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस