बेलायती मन्त्रीमण्डलमा हेरफेर, विदेशमन्त्री राब न्यायमन्त्री बन्ने सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बेलायती मन्त्रीमण्डलमा हेरफेर, विदेशमन्त्री राब न्यायमन्त्री बन्ने सम्भावना


३० भाद्र २०७८, बुधबार


लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रीमण्डलमा हेरफेर गर्ने भएका छन्।

नयाँ मन्त्री मण्डलमा विदेश मन्त्री डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको डाउनिङ स्ट्रीट स्रोतले बुधबार पुष्टि गरेको छ ।

यद्यपि राब न्यायमन्त्री बन्ने र उपप्रधानमन्त्रीको भूमिका पनि निर्वाह गर्ने बताइएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार अफगानिस्तानबाट बेलायतको बहिर्गमन र काबुल तालिबानको कब्जामा गएको केही घण्टापछिसम्म छुट्टीमा रहने निर्णय लिएका राब प्रधानमन्त्रीको निशानामा परेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस