विकासका लागि एमाले नै चाहिन्छ : अध्यक्ष ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विकासका लागि एमाले नै चाहिन्छ : अध्यक्ष ओली


३० भाद्र २०७८, बुधबार


बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तिब्रगतिमा अगाडि बढेको दाबी गरेका छन् । नेकपा (एमाले) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने दाबी गरे ।

अध्यक्ष ओलीले भने,’देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङमार्ग, भैरहवा एयरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।’ उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । उनले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर पार्टीका काममा खट्न कार्यकर्तालाई निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस