कक्षा १२ को परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कक्षा १२ को परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ


३० भाद्र २०७८, बुधबार


वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

बुधबार भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास पक्राउ परेका हुन् ।

उनी सन्दीप दासको सट्टामा परीक्षा दिएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

प्रहरीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको पाइएको हो । प्रवेश पत्रमा सन्दीपको तस्वीर उप्काएर राजचन्द्रको फोटो टाँसिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस