२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा पसलअनुसार ग्याँसको फरक मूल्य

अ+ अ-

डोटी । डोटीमा खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपिच्छे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् ।

ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासो सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ ।

यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सब डिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल पिपल्लाका सर्वजित देउवाले बताए ।

जिल्लाका दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्याँसमा तोकिएभन्दा बढी मूल्य लिई ग्याँस बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको उनको आरोप छ ।

जिल्लामा पाउने भेरी तथा रेडिएण्ट ग्याँसको मूल्य ग्याँस कम्पनी अर्थात् ग्याँस प्लान्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा सप्लाइ गर्ने गरेको जनाइएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्याँसमा रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको र सोही ग्याँस सब डिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको शिखर नगरपालिका–२ कालागाढका राम दमाईले बताए ।

ग्यास बिक्रेताले फरक मूल्यमा ग्याँस बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारी लिने नगरेको अर्का स्थानीय मानबहादुर साउदले बताए । दिपायल पिपल्लामा रेडिएण्ट ग्याँसका डिलर व्यापारी देवेन्द्र खड्काले ग्याँस कम्पनीले रु एक हजार ३१३.७५ मा दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको र पछि आफूबाट लिने गरेका कारण आफूहरुले सो रकम जोडेर ग्याँस बिक्री वितरण गर्न बाध्य भएको बताए ।

डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले आफूहरुले फुटकर बेच्दा रु एक हजार ५०० लिने गरेको तथा थोकमा किन्दा रु एक हजार ४५५ सम्म लिने गरेको खड्काले स्वीकार गरे ।

यस्तै यहाँका कालागाढ, सिलगढी, पिपल्ला तथा राजपुरमा रहेका ग्याँस बिक्री गर्ने सब डिलरमा पसलैपिच्छे सोही ग्याँसको रु एक हजार ६०० पर्ने गरेको उपभोक्ताको आरोप छ । आफूहरुले कैलालीका डिलरबाट ग्याँस ल्याउने गरेका कारण भाडालगायत, लोड, अनलोड तथा आफ्नो पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चालक बताउँछन् ।

जिल्लामा खुलेआमरूपमा वर्षौँदेखि यसरी ग्याँसको मूल्य पसलैपिच्छे फरक लिइने गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले सरकारले तोकेको रकमभन्दा बढी मूल्य लिएर ग्याँस बिक्री गर्ने व्यापारीलाई कारबाही गरिने बताए । ग्याँस डिलर तथा सब डिलरमा ग्याँसको मूल्य सूचीका विषयमा जानकारी दिन पत्राचार गरिएको उनले जानकारी दिए ।