दादुरा फैलिएको गाउँमा खटाइयो स्वास्थ्यकर्मीको टोली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दादुरा फैलिएको गाउँमा खटाइयो स्वास्थ्यकर्मीको टोली


३० भाद्र २०७८, बुधबार


जाजरकोट । दादुराको सङ्क्रमण देखिएको रावत गाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भए/नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताए ।

जाँचबाट थप दुई जनामा दादुरा सङ्क्रमण भएको फेला परेको उनले बताए । दादुरा सुरुवा रोग हो । गाउँ–गाउँमा गएर बालबालिकामा दादुरा सङ्क्रमणको अवस्था बुझ्ने क्रम सुरु गरिएको उनले बताए । हप्ता दिनअघि मात्र रावत गाउँका दुई बालबालिकाको नमुना सङ्कलन गरी नेपालगन्ज पठाइएकामा सो नमुनामा दादुरा भएको पुष्टि भएको थियो ।

त्यसपछि नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ । जनताको स्वास्थ्य नै मुख्य कुरा भएकाले गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमा उपचार सेवा सुरु गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो, तर यो रोगको संक्रमणदर बढ्न थालेपछि २०२३ मा उन्मूलनको लक्ष्य सारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस