इजरायल जाने कामदारका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल प्रकाशित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इजरायल जाने कामदारका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल प्रकाशित


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । इजरायलको रोजगारीमा जान चाहने नेपाली कामदारका लागि लिइएको अङ्ग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

वैदेशिक रोजगार विभागले आइतबार इजरायल रोजगारीका लागि अङ्ग्रेजी भाषा लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

विभागका अनुसार २ हजार ३९ जनाले अङ्ग्रेजी भाषा पास गरेका छन् । त्यसमध्ये १ हजार मात्रै नेपाली इजरायल जान पाउने छन् ।

इजरायल जान ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएका थिए ।

अङ्ग्रेजी पास गर्नेहरुको अन्तरवार्ता, उचाइ र तौल परीक्षण असोज १ गतेबाट हुनेछ । तोकिएको उचाइ र तौल सम्बन्धी मापदण्ड पूरा नहुने उम्मेदवार अन्तरवार्तामा सहभागी हुन पाउने छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस