नेकपा (एकीकृत समाजवादी) ले बोलायो केन्द्रीय कमिटी बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा (एकीकृत समाजवादी) ले बोलायो केन्द्रीय कमिटी बैठक


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक असोज ५ गते काठमाडौँमा बस्ने भएको छ।

पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो।

नेकपा (एमाले) बाट वैचारिक असहमति प्रकट गर्दै वरिष्ठ नेता द्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता अलग भएर हालै गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको छ।

पार्टीका अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटीका साथै सचिवालय, प्रदेश इन्चार्ज तथा केही विभाग गठन गरिएको छ।

पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस