लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित


२९ भाद्र २०७८, मंगलबार


रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ ।

अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस