देशको स्वाधिनता रक्षा गर्न एमालेलाई जिताउन ओलीको आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशको स्वाधिनता रक्षा गर्न एमालेलाई जिताउन ओलीको आह्वान


२९ भाद्र २०७८, मंगलबार


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधिनता रक्षा गर्न एमालेलाई जिताउन आह्वान गरेका छन् । म‌ंगलबार झापामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले देशलाई बनाउन एमाले सरकारबाट हट्ने होइन सरकारमा सहभागी हुनुपर्ने बताए । फरक प्रसंगमा नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउन माधवकुमार नेपालले भूमिका खेलेको आरोप लगाए।

ओलीले भने, ‘उहाँ कमरेड माधवकुमार नेपाल होइन । एमाले विरोधी जनविरोधी माधव नेपाल हो ।’ माओवादी केन्द्रमा अलमलमा परेकाहरुलाई नअलमलीन आग्रह गरे । उनले भने, ‘प्रचण्डको पछि लागेर जिन्दगी बरबाद नगर्न माओवादी केन्द्रमा अलमलमा परेकाहरुलाई आग्रह गर्छु । देश बनाउन आउनुहोस् ।’

उनले पार्टी पदका लागि मरिहत्ते गर्न नहुने बताए । भने, ‘पदका लागि सबैकुरा छोड्नु हुँदैन । पदकै लागि माधव नेपालले एमाले पार्टी छोडे । उनी पतनको बाटोमा लागे ।’

Tags :
प्रतिक्रिया दिनुहोस